कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बुटवल मिलनचोक शाखा द्वारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाले” ग्लोबल मनि विक” अन्तर्गत बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले एक कार्यक्रमका बीच बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिधालयमा बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।

बिद्यालयको कक्षा ११ मा ब्यबस्थापन संकायमा अध्यनरत करिब १५० जना बिद्यार्थीहरुलाइ बित्तीय साक्षरताको महत्त्व , बैंक तथा बित्तीय संस्थाले गर्ने कार्य तथा सेवा सुबिधाहरु , बचतको महत्त्व , डिजिटल बैंकिग लगायतका विषयबस्तुमा जानकारी प्रदान गरिएको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाका प्रबन्धक अमृत थापाको अध्यक्षता, बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिश्कार खनालले गरेका थिए भने कार्यक्रमको संचालन बैंकका कर्मचारी प्रभा गौतमले गरेकि थिईन । त्यसैगरी बैंकको भैरहवा साखा , ऐरावती साखा , अर्घाखाँची साखा , अमुवा साखा , कंचन साखा ,करकान्डु साखा र सैनामैना साखाले समेत” ग्लोबल मनि विक” अन्तरगत आजै विभिन्न स्थानमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित