तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

स्विव्त एजुकेशनद्धारा ‘करियर परामर्श भव्य’ सम्पन्न

बुटवल । स्विव्त एजुकेशनको आयोजना यहि २०२३ मार्च १७ देखि १९ गते चलेको करियर परामर्श सम्पन्न भएको हो ।

डेल्टा एजुकेसन मार्ट मिलनचौकमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो । युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा मात्र नभई विभिन्न क्याम्पस, प्रमुख तथा अन्य कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो ।

अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन खोज्दै गरेका युवाहरुका लागि एक उत्कृष्ट अवसर रहेको जनाइएको छ । यो कार्यक्रममा सहभागीहरुले ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग र उद्यमिता क्षेत्रहरुमा उद्योग विशेषज्ञहरुबाट सल्लाह लिदै उद्योगमा मूल्यवान अनुभवहरु प्राप्त गरेका हुन ।

कार्यक्रमका अन्तरक्रियात्मक गेम जोनहरूमा सहभागीता जनाएका थिए । नेटवकिङ्ग जोनमा ठुला-ठुला नाम चलेका कम्पनीहरुका संचालक र प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

स्विव्तसंगै सम्बद्ध अरु कम्पनीहरु, सिटी ९७७ र सयपत्री को आगामी प्रोजेक्टहरुको पनि कार्यक्रममा जानकारी प्रदान गरिएको थियो । स्विव्तको टेक्नोलोजी देखेर सहभागीहरुले पंससासमेत गरेका थिए ।

नेपाली नयाँ वर्ष २०८० कै दिन शुरुवात हुने सिटी ९७७, एक अनलाइन खाद्य र ग्रोसरी डेलिभरी एप हो भने, सयापत्री एक अफलाइन भुक्तानी सेवा प्रदता हो, जसले इन्टरनेट वा सुरक्षा पिनको बिना नै स-सानो भुक्तानीहरु आर।एफ।आइ।दि। टेक्नोलोजीद्वारा गर्ने छ । स्विव्त एजुकेशनले नेपालमा उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बुट क्याम्पको पुर्व तयारी स्वरुप यो कार्यक्रम आयोजना गरिउको छ । जसमा ६ महिना सम्मको कोर्ष गराउने छ । स्विव्त एजुकेशनका ६ महिनाको कोर्सहरुले विद्यार्थीहरुलाई उनीहरुको छानेक्षेत्रमा प्रदान गर्ने छन् ।

स्विव्त एजुकेशनद्वारा आयोजित यो कार्यक्रम सफलतापुर्वक सकिएको छ र कम्पनीले बूटक्याम्प जस्ता थप कार्यक्रमहरु गर्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित