दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

जनताको मनोभावनालाई बुझेर काम गर्नेछुः उम्मेदवार श्रेष्ठ

बुटवल । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवा बाहेक आफूले केही नसकेको बताएका छन । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यस अघि गरेका कामलाई जनताले देखिरहेको बताउँदै बुटवलबासीले निस्पक्ष मूल्याङकन गर्ने दावी गरे ।
बुटवलमा सञ्चारकर्मीहरुसँगको भेटघाटनमा बोल्दै एमाले प्रदेश उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले बुटवलका समस्याप्रति आफू जानकार रहेको बताउँदै जनताको मनोभावनालाई छोएर बुटवललाई आर्थिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न जुटने बताए ।
‘यहाँ विकासका ठूलो पूर्वाधारहरु बनिसकेका छन’ उम्मेदवार श्रेष्ठले भने, ‘नेपालकै पुरानो मध्येको व्यारिक केन्द्र बुटवलका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्दै आर्थिक र सांस्कृति राजधानीको रुपमा विकास गर्ने मेरो योजना छ ।’ उम्मेदवार श्रेष्ठले बुटवलका अधुरा योजनालाई पूरा गर्ने दायित्व आफ्नो रहेको बताए ।
‘ठूला योजनालाई खवरदारी र प्रभावकारी अनुगमनको खाँचो छ’ श्रेष्ठले भने, ‘मेरो काम गर्ने सक्ने इच्छाशक्ति छ । त्यसको लागि मिडियाका साथीहरुको पनि साथ र पूर्ण सहयोगको अपेक्षा गरेको छ । बुटवललाई बनाउने दायित्व तपाई हामी सबैको हो ।’ केही ठूला योजनाहरु कानूनी बाध्यताले प्रभावकारी रुपमा अगाडि बढन सकेका छैनन । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ छ । श्रेष्ठले बुटवलमा अब मानवीय विकास गर्न पनि लाग्नुपर्ने बताए । बुटवलको मेयर हुँदा पनि आफू बुटवललाई विकासको गतिमा अगाडि बढाएको कुरा बुटवलबासीलाई अबगत रहेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ यस अघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही २ (२) बाट भारी मतले विजयी भएका थिए । उनी प्रदेशसभा जनताका धेरै समस्या उठाउने नेतामा समेत पर्छन । शंकर पोखरेल नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर उनले निःशुल्क रगत, कोभिडकालमा अक्सिजन प्लान्ट स्थापना लगाएका क्षेत्रमा धेरै महत्वपूर्ण काम गरेको जस श्रेष्ठलाई जान्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित