तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

इन्द्रेणीको स्थापना दिवसमा सहकारी शिक्षा तालिम

बुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ ।
संस्थाले आफ्नो २८ औ स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुलाई चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम, रक्तदान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको हो ।
इन्द्रेणीले सोमबार पहिलो चरणमा झन्डै चार दर्जन सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम दिएको छ भने अन्य सदस्यहरुका लागि अर्को तालिम मंगलवारपनि जारी रहने संस्थाका सचिव माया गौतमले जानकारी दिईन। सचिव गौतमका अनुसार सोमबार र मंगलवार सहकारी शिक्षा तालिम, शुक्रबार रक्तदान र स्थापना दिवस कार्यक्रम संस्थाले गर्ने छ ।
इन्द्रेणीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षता र संरक्षक भुपाल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी, ब्यवस्थापक बाबुराम अर्यालले सहकारी शिक्षा, सहकारीका सिद्धान्त, मुल्य र मान्यता लगायतका बिषयमा सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित