कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सगरमाथा आवासीयलाई आईएसओ प्रमाण

देवहमा रहेको सगरमाथा आवासीय मा.विले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तराट्रिय गुणस्तरको मापन निकाय क्ष्क्इ को लोगो प्राप्त गरेको छ ।
विद्यालयको भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली अगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष भित्रमै आईएसओ सिर्टीफिकेट प्राप्त गर्ने उद्देश्य विद्यालयले राखेको छ ।
विद्यालयका शिक्षक, कर्मचारी र आई एसओ प्रतिनिधिहरुको संयुक्त बैठक बसी उक्त लोगो हस्तान्तरण गरेको हो । आईएसओ का नेपाल अधिकारी सुदिप शर्माले विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल लोगो प्रदान गर्दै विद्यालयले छोटो समय अवधिमै सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनिले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय यस अगाडि नै नेपाल सरका द्धारा क वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरी अवको ३ वर्षमा नै अन्तराष्ट्रिय गुणस्तरको विद्यालयको रुपमा रुपान्तरित हुने व्यक्त गरे । विद्यालयका ११० जना शिक्षक कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित