निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ।
शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।
जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य वाहकको रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरू वडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनी, वडा सदस्यहरू तुल बहादुर थापा, सबिता बिक,हरिहर ज्ञवाली लगायतले सम्मान गरेका हुन।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष पङ्गेनीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कारणले वडाको स्वास्थ्य सुधार भएको बताउँदै पहिलो प्रयास स्वरूप सम्मान गरिएको बताए। उनले स्वास्थ्य स्वयंसेविकाहरूको लागि आगामी दिनमा सम्मानलाई निरन्तरता दिने बताउँदै नयाँ प्रयास गर्ने बताए। वडा तहमा अहिलेसम्म भएका कामहरूको बारेमा बताउँदै वडा अध्यक्ष पङ्गेनीले अर्को वर्ष ल्याउने योजनाहरूको बारेमा बताए।
कार्यक्रममा बोल्दै वडा सदस्य सबिता विकले अन्य वडाहरूले जस्तै यो वडाले पनि स्वास्थ्य स्वास्थ्य स्वयंसेविका लाई सम्मान गर्ने बताउँदै आगामी वर्षमा पनि अन्य प्रोत्साहनमूलक कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
स्वास्थ्य स्वयंसेविका वडा संयोजक उमा देवी न्यौपानेले समाज सेवाको भावले काम गरिरहेको बताउँदै वडाले गरेको यो प्रोत्साहनले काम गर्न उत्साह थपेको बताइन् । उनले आगामी दिनमा पनि प्रोत्साहनमूलक कामहरू गर्न आग्रह गरिन् ।
स्वास्थ्य स्वयंसेविका माया गौतमले पछिल्लो समय सरकारले केही प्रोत्साहनको काम गरेको भए पनि अझै पर्याप्त नभएको बताउँदै यसमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा उमा देवी न्यौपाने,माया गौतम, सरस्वती घिमिरे, रुक्मिणी भट्टराई, शिला घिमिरे, विनीता भट्टराई, सरस्वती ज्ञवाली, भागीरथी न्यौपाने, मेनुका पुरी गिरी र शिला पौडेललाई ब्याग र छाता सहित सम्मान गरिएको वडा सचिव सुन्दरी आचार्यले जानकारी दिइन् । वडा अध्यक्ष पङ्गेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सहायक मिना आचार्यले गरेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित