तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एक्स आर्मीको अभिभावक दिवस : ‘शिक्षाको गुणस्तर जहाँ राम्रो छ त्यहाँको समाज झन् राम्रो हुन्छ’

बुटवल १३ बेलबासस्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले उपमहानगरपालिकाले सरकारी र नीजि विद्यालयहरुलाई समान व्यवहार गर्ने बताए ।

जहाँको शिक्षाको गुणस्तर राम्रो छ त्यहाँको समाज पनि राम्रो हुने भएकाले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनका लागि आग्रह गरे । सडक लगायतका भौतिक पूर्वाधारको निर्माणलाई मात्रै विकास नहुने भएकाले शिक्षाको विकासबाट मात्रै मानव संसाधनको विकास हुन सक्ने उपमहानगर प्रमुख पाण्डेय तर्क छ ।

साथै बुटवलको शिक्षाको गुणस्तर राम्रो रहेको तर, यहाँका सरकारी र नीजि विद्यालयका अहिलेका भौतिक संरचनाहरुले धेरै समयसम्म धान्न नसक्ने भएकाले विद्यालयको भौतिक पूर्वाधारको विकास थप गर्नु पर्ने बताए । साथै बुटवलको शिक्षाको गुणस्तरलाई अझ माथि उठाउने गरि उपमहानगरपालिकाले नीति बनाउने र शिक्षाको गुणस्तर विकासका लागि सरकारी र नीति दुबै विद्यालयसँग समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।exx.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनले विद्यालयलाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा अघि बढाउने योजना रहेको र सोही अनुसार आफुहरुले काम गरिरहेको बताए । साथै २०५२ सालमा सामान्य रुपमा विद्यालयको स्थापना भएको र समयसापेक्ष रुपमा अघि बढाउनका कुनै कसर बाँकी नराख्ने बताए ।

साथै विद्यालयका प्रध्यानाध्यापक शंकर भट्टराईले यस विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीहरुले गरेको प्रगती देख्दा अन्यन्तै खुशि लाग्ने बताए । आग्रामी दिनमा पनि विद्यालयको शैक्षिक गतिविधिलाई अझ व्यवस्थित गरी अघि बढाउन आफु लागि पर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित