३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

एक्स आर्मीको अभिभावक दिवस : ‘शिक्षाको गुणस्तर जहाँ राम्रो छ त्यहाँको समाज झन् राम्रो हुन्छ’

बुटवल १३ बेलबासस्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले उपमहानगरपालिकाले सरकारी र नीजि विद्यालयहरुलाई समान व्यवहार गर्ने बताए ।

जहाँको शिक्षाको गुणस्तर राम्रो छ त्यहाँको समाज पनि राम्रो हुने भएकाले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनका लागि आग्रह गरे । सडक लगायतका भौतिक पूर्वाधारको निर्माणलाई मात्रै विकास नहुने भएकाले शिक्षाको विकासबाट मात्रै मानव संसाधनको विकास हुन सक्ने उपमहानगर प्रमुख पाण्डेय तर्क छ ।

साथै बुटवलको शिक्षाको गुणस्तर राम्रो रहेको तर, यहाँका सरकारी र नीजि विद्यालयका अहिलेका भौतिक संरचनाहरुले धेरै समयसम्म धान्न नसक्ने भएकाले विद्यालयको भौतिक पूर्वाधारको विकास थप गर्नु पर्ने बताए । साथै बुटवलको शिक्षाको गुणस्तरलाई अझ माथि उठाउने गरि उपमहानगरपालिकाले नीति बनाउने र शिक्षाको गुणस्तर विकासका लागि सरकारी र नीति दुबै विद्यालयसँग समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।exx.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनले विद्यालयलाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा अघि बढाउने योजना रहेको र सोही अनुसार आफुहरुले काम गरिरहेको बताए । साथै २०५२ सालमा सामान्य रुपमा विद्यालयको स्थापना भएको र समयसापेक्ष रुपमा अघि बढाउनका कुनै कसर बाँकी नराख्ने बताए ।

साथै विद्यालयका प्रध्यानाध्यापक शंकर भट्टराईले यस विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीहरुले गरेको प्रगती देख्दा अन्यन्तै खुशि लाग्ने बताए । आग्रामी दिनमा पनि विद्यालयको शैक्षिक गतिविधिलाई अझ व्यवस्थित गरी अघि बढाउन आफु लागि पर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित