चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय

टन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ। टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ। जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ। जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन्। यसले शरीरको कयौं बिरामी तथा तथा संक्रमणबाट बचाउँछ।

तर कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ। संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ। कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ।

घरायसी उपचार

यदि वर्षमा एकपटक टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ। यदि टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नुहुन्छ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ। यसका लागि हल्का तातो पानीमा नुन हालेर मुख कुल्ला गर्नुहोस्। यसबाट निकै लाभ हुन्छ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या ननअल्कोहलिक माउथवास राखेर मुख कुल्ला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ। अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुल्ला गर्दा थप फाइदा हुन्छ।

अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ। जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ। भिनेगर आजकाल बजारमा सहज रूपमा उपलव्ध हुन्छ। यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नुहुन्छ। यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ तथा यी बिरामी हुनबाट जोगाउँछ।

बेसार

मुख कुल्ला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ। तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ। राति सुत्नुभन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर मिसाएर पिउनाले पनि राहत मिल्छ।

अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ। सूप, जूस तथा अन्य पेय पर्दाथको प्रयोग बढी गर्नु आवश्यक छ। पानी पिउँदा गला चिसो रहन्छ। तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरूपमा त्याग्नुपर्छ।

लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलवा उम्लिएको पानीमा ४–५ पोटी लसुन राखेर उमाल्ने र छानेर यसले मुख कुल्ला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ। एजेन्सी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार