तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शान्ती समाज रुपन्देहीले मनायो ११३ औं नारी दिवस

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवसका अवसरमा बुधबार बुटवलमा प्रदर्शन गरेको छ । दिवसको अवसरमा बुटवल ब्लड बैंक अगाडि महिला अधिकार मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेको हो ।
उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताए । उनले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिए । नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुटहुनुपर्ने बताए ।
कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई कृष्ण, उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले लगायतले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताए । समाजले नारी दिवसकै अवसरमा रुपन्देहीको सैनामैनामा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित