भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलको सुप्रिम र शिव शिखर सहकारी अझै समस्यामा, क्रृणीहरुको लिलामी पहिलो प्राथमिकता

सैनामैना–११ सालझण्डीका राज सापकोटाको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रुपैयाँ बचत छ । उनले गत पुसदेखि दैनिक ५ हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसबेला १८ प्रतिशत ब्याजसहित एक वर्षमा सबै रकम फिर्ता दिने सहमति थियो । तर, कात्तिकबाट सहकारीले दैनिक रकम उठाउन छोड्यो ।

सहकारीमा जम्मा भएको १५ लाख रुपैयाँ पनि अहिलेसम्म पाएका छैनन् । गत बिहीबार सहकारी परिसरमा भेटिएका उनले भने, ‘जहिल्यै आउँछु । साता दस दिनभित्र मिलाउँछु भन्नु हुन्छ । तर, रकम दिनुहुन्न ।’

बुटवल मिलनचोकका साइकल व्यापारी इभन शर्माको सुप्रिममै ८ लाख रुपैयाँ बचत थियो । साउनदेखि सहकारीमा धाउन थालेका उनले अहिलेसम्म ३ लाख २० हजार रुपैयाँ उठाए । बाँकी ४ लाख ८० हजार रुपैयाँ कहिले कसरी पाइने हो, टुंगो छैन । ‘खाइनखाइ जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ताले सताएको छ,’ उनले भने, ‘उठेको रकम पनि ५ हजार, १० हजार गरेर उठाएको थिएँ ।’

ऐनबमोजिम सहकारीहरूले आफ्ना सदस्यलाई मात्रै ऋण प्रवाह गर्न पाउँछन् । तर, काठमाडौंमा दर्ता भएर बुटवलको राजमार्ग चौराहमा कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यलाई बिनाधितो ऋण प्रवाह गरी मापदण्डविपरीत आर्थिक कारोबार गर्थ्यो । धेरै र अग्रिम ब्याज दिने भन्दै बचतकर्तालाई पनि तानिरहेको थियो । पछिल्लो समय बिनाधितो मिटर ब्याजमा लगानी गरेका सहकारीका सञ्चालकहरूले ऋण लगानी नउठेको भन्दै बचतकर्तालाई पैसा फिर्ता गर्न रोकिरहेका छन् । सहकारी संकटग्रस्त बनेपछि बचतकर्ता आत्तिएका छन् ।

सुप्रिमले करिब ५० जना कर्मचारी परिचालन गरी रूपन्देही र कपिलवस्तुका मुख्य सहर र ग्रामीण क्षेत्रबाट दैनिक बचत संकलन गर्दै आएको थियो । त्यसमध्येको करिब १ अर्ब २० करोड रुपैयाँ काठमाडौंका गैरसदस्यलाई बिनाधितो लगानी गरेको हो । सहकारीका सञ्चालकहरू ऋण लगानी नउठेपछि तत्काल बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या भएको बताउँछन् । सहकारीका अध्यक्ष ओम गुरुङले रकम नतिर्नेलाई कालोसूचीमा राखेर लिलाम प्रक्रिया थालिएको तर सबै रकम एकैपटक दिने अवस्था नरहेको बताए ।

बुटवलका अटो रिक्सा चालक ऋषिकुमार गिरीले आम्दानीबाट बचाएर दैनिक २ सय रुपैया शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था योगीकुटीमा जम्मा गर्थे । पछिल्लो समय सहकारीले दैनिकी उठाउन छोडेको उनले बताए । बचत भएको ४२ हजार रुपैयाँ पनि निकाल्न पाएका छैनन् ।’

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी २०६९ असोज २८ गते सहकारी विभागमा दर्ता भएको थियो । २०७८ साउन १९ मा व्यवसाय दर्ता गरेर सहकारीले बुटवलको योगीकुटीमा डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको थियो । रकम माग्ने बचतकर्ताहरूको भीड लागेपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो । तर, भुक्तानी गर्ने बेला भएपछि सहकारीका सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका हुन् ।

अन्यत्र दर्ता भएर रूपन्देहीमा सञ्चालित कल्पवृक्ष, आगन्तुक, सार्थक, स्टारलगायत १० सहकारीमा रकम अपचलनको समस्या आएको छ । सहकारीहरूले समयमा बचतकर्ताको बचत फिर्ता नदिएको, सम्झौता अनुसार ब्याज नदिएको, रकम निकाल्न नपाएको, सञ्चालकहरू बेखबर भएको लगायत गुनासा छन् । तर, आफ्नो कार्यक्षेत्र नभएको भन्दै सरकारी नियमन निकायसमेत तर्केपछि बचतकर्ताहरू जोखिममा परेको रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष वसन्तप्रसाद ढकालले बताए । सरलीकरण र सहजीकरण नहुने हो भने सहकारीमा बेथिति अझ बढ्ने उनले जनाए ।

रूपन्देहीका २ सय ८२ सहकारीहरू पछिल्लो समय मर्ज भएर २ सय ५६ भएका छन् । लुम्बिनी प्रदेशमा दर्ता भएका ७ सय ६३ सहकारी छन् । संघीयता कार्यान्वयनसँगै सहकारी दर्ता स्थानीय तहमा र अनुगमनको जिम्मा प्रदेश सरकारमा आएको छ । कार्यक्षेत्रबाहिर रहेका त्यस्ता सहकारीलाई नियामक निकायद्वारा नियमन, अनुगमन हुन नसक्दा पछिल्लो समय सहकारीमा बेथिति बढेको समाचार कान्तिपुर दैनिकका लागि अमृता अनमोलले बुटवलबाट लेखेकी छिन् ।

प्रदेशमा अर्थसँगै सहकारी मन्त्रालय र सहकारी विकास बोर्ड स्थापना गरिएको छ । प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभइ सञ्चालन भएका सहकारीहरूमा अपचलनको गुनासो आएको बताए । ‘गुनासो समाधान गर्न तीन तहकै सरकारको समन्वय आवश्यक छ,’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित