३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रोहिणी–३ मा निःशुल्क आँखा शिविर, ४ सय बढी लाभान्वित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।
स्थानीयबासीलाई आँखासम्बन्धी रोगको उपचार घरदैलोमै होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

शिविरमा ४ सय जना बढीको आँखा परीक्षण भएको थियो । जसमध्ये १२० जनाको मोतीयाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीले जानकारी दिए ।

आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिइने रोहिणी–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित