३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

शिक्षामा अहिलेको पढाउन तरिकाले काम गर्न छाड्योः शिक्षाविद कोइराला

बुटवल । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले अहिले पठन पाठकको तरिका शिक्षामा काम नगर्ने अवस्थामा पुगेको बताएका छन् । अब विद्यार्थीले किताबमा उत्तर खोजेर नभई अनुसन्धान र प्रकृतिसँग जोडन चिन्तन गर्ने गरी शिकाई आवश्यक रहेको जोड दिए ।
एनसिआई नेपालले बुधबार बुटवलमा आयोजना गरेको प्रदेशमा नयाँ सरकारः शिक्षालाई प्राथामिकता कति भन्ने छलफल कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त र व्यवहार मिलाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुने बताए । ‘अबको विद्यार्थी अन्तर पुस्ताको ज्ञान सिकेको हुनुपर्छ’ कोइरालाले भने, ‘जो प्रश्न गर्न र आफै अनुसन्धानमा लाग्छ त्यहीँ, विद्यार्थी अब्बल हुन्छ । प्रश्न सोध्दा शिक्षक र अभिभावकले झर्को मान्नु हुँदैन ।’
उनले शिक्षामा आर्थिक क्षमता भएकासँग शुल्क लिने र नहुनेसँग लिन नहुने नीतिका साथ अगाडि बढनुपर्ने बताए । युरोप, अमेरिकामा पनि हुनेसँग शुल्क लिन्छन नहुनेसँग लिँदैनन । यहाँ पनि शुल्क नभई करको रुपमा क्षमता भएका अभिभावकबाट शुल्क लिएर अगाडि बढनुपर्छ ।’
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले आवश्यकताका आधारमा शिक्षामा काम गर्ने गरी अगाडि बढेको बताए । उनले शिक्षालाई आफूले सधै प्राथामिकतामा राखेको बताए । एनसिई नेपालका महासचिव सुदर्शन सिग्देलले आफूहरुले शिक्षामा देखिएका नीतिगत कमजोरीलाई औलाउँदै सरकारले सुझाव दिँदै आएको बताए । उनले शिक्षामा तीन तहका सरकारले बजेट कम विनियोजन गर्ने गरेको बताउँदै यसलाई वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित