भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलको ६३ वर्षे यात्रा : बटौली, खस्यौली देखि विशाल सहरसम्म

बुटवललाई पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिए पनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो। २०७१ साल मंसिरमा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रूपमा परिचित छ।

विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार। २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्‍यो।

बटौली बजार धेरै पुरानो भए पनि ६३ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई २०१६ फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो।

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो। अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो। ५ वर्षसम्म लुम्बिनी प्रदेशको राजधानीका रूपमा समेत रहयो। अहिले भने प्रदेशको राजधानी दाङको देउखुरी कायम भएको छ।

वि.स. २०१५ साल मंसिर १५ गते बुटवलबाट भरियाहरुले सामान लैजादै

खस्यौलीमा पूर्वाधारहरू थपिदैँ गएपछि बजारले बुटवल शहरको रूप लियो। बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो। पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रूपमा स्थापित भएको छ।

६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै छ। देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ।
पूर्वमा देवदह नगरपालिका उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका पश्चिममा सैनामैना नगरपालिका र दक्षिणमा तिलोत्तमा नगरपालिकासँग बुटवल उपमहानगरपालिकाको सिमाना जोडिएको छ। फरक पालिका भए पनि बुटवलसहित जोडिएको तिलोत्तमा एउटै सहरजस्तो भएको छ।

पुरानो बटौली बजार

बुटवल मुख्य बजारबाट पश्चिम राजमार्ग क्षेत्रको ९ किलोमिटरसम्म उपमहानगरको क्षेत्र पर्छ। तर त्यसभन्दा पश्चिम सैनामैना नगरपालिकातर्फ पनि बुटवलको प्रभाव र बजार विस्तार भएको छ। बुटवलबाट २२ किलोमिटर पश्चिम सालझण्डीसम्म बजार क्षेत्र फैलिएको छ।

कुनै बेला बुटवलबाट भैरहवासम्म मोटरमै जान पनि दिनभरजसो लाग्थ्यो। ‘खाल्डाखुल्डीसहितको साँघुरो बाटो, दायाँबायाँ झाडी, गाडी हिँड्दा पनि झाडीलाई छोइएर जान्थ्यो। भैरहवासम्म पुग्दा आठ/नौ घण्टा नै लाग्ने,’ देवेन्द्र शाक्यले सम्झे।

तर अहिले बुटवलबाट भैरहवासम्म ६ लेनको सडक बनेको छ। जसका कारण २२ किलोमिटर यात्रा गर्न आधा घण्टा पनि लाग्दैन।

केही परको बुद्धजन्मस्थल लुम्बिनी, नजिकैको सहर भैरहवामा बनेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुटवलमै बनेका अन्तराष्ट्रिय सम्मेलन केन्द्रले यहाँको अझै आर्थिक विकास हुने आशा गरिएको छ।

बुटवलमा अहिले दर्जनौँको संख्यामा स्तरीय होटल बनेका छन्। दुई/तीन वर्षयता बुटवलमा होटलहरू खुल्ने क्रमले तीव्रता पाएको छ।

बुटवलको पुरानो बजार बटौलीमाथि केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्क छ। तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रेजलाई हराएको स्थान जितगढी छ।

यी दुई ठाउँबाहेक सिंगो बटौली क्षेत्रलाई खुला संग्रालयका रूपमा विकास गर्न सकिने जानकारहरू बताउँछन्। तर त्यसतर्फ पर्याप्त पहल भएको छैन। बटौली क्षेत्रमा अहिले पनि कतिपय सय वर्षभन्दा पुराना घर छन्। तिनीहरूको संरक्षण नहुँदा बटौली बजारले ऐतिहासिकता गुमाउँदै गएको छ।

मुन्निलाल देखि खेलराज सम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे। शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८ मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख बने। सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे।

अहिलेको आधुनिक बुटवल शहर

माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापनापछिको सरकारले निर्वाचनलाई नै खारेज गर्यो।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार समाले।

नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित