रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

जग्गा बेच्न हिंडेका व्यक्तिले आफ्नै जग्गा देखाएपछि…

बुटवल । तपाईलाई जग्गा चाहिएको थियो । कुनै एक व्यक्तिलाई जग्गा खोजिदिनु प¥र्यो भनेर भन्नुभयो । जसलाई भन्नुभएको हो उसैले जग्गा तपाईका लागि देखायो पनि । तर त्यो जग्गा जसको भनेर त्यो व्यक्तिले देखाउँदै थियो । त्यो आफ्नै जग्गा थियो ।

जग्गा बेच्न हिँडेका व्यक्तिले आफ्नै जग्गा देखाएको यो नौलो घटना रुपन्देहीमा भएको छ । त्यो पनि कसरी थाहा भयो घटनाक्रम रोचक छ ।
बुटवल सुख्खानगरका निर्मल नेपाल घरमा बसरिहेका बेला साथी उमेश केसीले फोन गरेर आफ्ना साथीको जग्गा हरपुरमा रहेको भन्दै विक्रि गरिदिन ग्राहक खोज्न भने । आफ्नो साथीको १७ कट्ठा जग्गा रहेको र त्यसलाई विक्री गर्नुपर्ने भएकोले उमेशले निर्मललाई ग्राहक खोजिदिन आग्रह गरेका थिए ।

हरपुरमा निर्मलको पनि पुख्यौंली जग्गा थियो । कसैले खोजेको अवस्था देखाईदिन हुन्छ भनेर निर्मलले जग्गा हेर्ने भनेपछि सोही दिन निर्मल सहित उनका साथी उमेश र अर्का एक जना साथी (जसको जग्गा हो) लाई लिएर तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा पुगे ।
त्यहाँ पुगेपछि उमेश सहित आएका साथीले जग्गा विक्रि गर्न खोजिएको भनेर जग्गा चिनाए । जव जग्गा उमेशका साथीले जग्गा चिनाए, निर्मल तीन छक्क परे । किनकी त्यी व्यक्तिले विक्रि गर्न देखाइएको जग्गा उनै निर्मलको आफ्नैको पनि थियो ।

आफ्नो सहित गाउँका १२ जनाको लालपुर्जा भएको जग्गा अर्कैको भन्दै विक्री गर्न खोजिएकोमा उनि आश्चर्यमा परे । उनले गाउँका अरु १२ जनाको नामको लालपुर्जामा भएको जग्गा रहेको बताएपनि निर्मलको कुरा त्यी व्यक्तिले पत्याएनन् ।

तर जग्गा देखाउन लगेका उमेशले सो जग्गा आफ्नै साथीको कम्पनीको नाममा दर्ता भएको र त्यहाँ जोतभोग गर्दै आएकाहरु सुकुम्बासी भएकोले उनिहरुलाई कुनै उपाय लगाएर हटाउने हो भने पछि निर्मल समेत छक्क परे । ति व्यक्तिले मोवाईलबाट कित्ता नं १५७ लेखिएको लालपुर्जा समेत देखाए । उक्त लालपूर्जा ललितपुर ठेगाना भएको ग्रिनल्याण्ड विल््डर्सको नाममा बनाईएको थियो।

कम्पनी रजिष्टार कार्यालयमा दर्ता नं ३४००८÷२०७६÷०७७ रहेको ग्रिनल्याण्ड विल्डर्स तिलोत्तमा ७ भलवारीका काशी घिमिरेले दर्ता गरेको कम्पनी हो । हाल भने उक्त कम्पनी घिमिरेले नवलपरासीको बर्दघाटका भिमलाल भण्डारीका नाममा बिक्रि गरेको देखिएको छ।

भिमलाल भण्डारीका अनुसार हाल ग्रिनल्याण्ड विल्डर्सको स्वामित्व लिएका भिम भण्डारीका अनुसार काशी घिमिरेले आफ्नो कम्पनीको नाममा १७ कठ्ठा १० धुर जग्गा रहेको र सो समेत बेचविखन गर्ने हो भन्दै प्रस्ताव ल्याएपछि उनले जग्गा समेत हुनेगरी खरिद गरेका थिए ।
घिमिरे उनै व्यक्ती हुन जसलाई रुपन्देहीका अधिकांश जग्गाहरुको नक्कली लालपुर्जा बनाउने र बेचविखन गर्ने काममा सक्रिय रहेको भन्दै मालपोत कार्यालय बुटवलले अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्मलाई पत्राचार गरेको छ ।

हरपुर गाउँ कस्तो हो ?

तिलोत्तमा नगरपालिका वडा नं ६ मा रहेको हरपुर गाउमा २०२१ साल भन्दा अघि देखि बस्दै आएकाहरुको बस्ती गाउ हो ।
हालको तिलोत्तमा नगरपालिका वडा नं ६ मा पर्ने साविक आनन्दवन ७ ख कित्ता नं १५७ को त्यो जग्गा २०२२ सालमा निर्मलका बुवाले किनेको गाउँ ब्लकको जग्गा हो । त्यस या निरन्तर नेपाल परिवारले खनजोत गर्दै आएको छ ।
२०३८ सालमा तिनाउ नदिमा आएको बाढीले त्यो बस्तीमा खण्डहर बनायो । कतिपयले त्यहाँ बाट बसाई सरे । तर तर गाउ ब्लकको जग्गा भएकोले उनीहरुको नाममा लालपुर्जा आई सकेको थिएन ।
२०७१ सालमा गांउ ब्लकको जग्गा नापजांच र दर्ता गर्न सरकारले एउटा आयोग गठन गरेपछि त्यहि आयोगको निर्णयले जोतभोग गर्दै आएका बासीन्दाले लालपुर्जा पाए ।

१५७ नम्वरको उक्त कित्तालाई २०७१ सालमा फोड गरि जग्गाको जोतभोग गर्दै आएका परिवारका नाममा कायम गरि आनन्दवन ७ ख २, ३, ४, ५ गरी क्रमस १५ सम्म कायम गरिएको थियो । सोहि अनुसार नाप नक्सा गरि लालपुर्जा समेत दिएको मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ ।

तिलोत्तमा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार मालपोत कार्यालय बुटवलको अभिलेखमा उक्त कित्ता नं १५७ लाई फोड गरेर २०७१ सालमा १३ कित्ता कायम भइसकेको कित्ता फेरी एकिकृत गरी भुमाफियाले दर्ता गरेको सुन्दा लालपुर्जा हातमा लिएर बसेकाहरु छक्क परेका छन् ।

त्यहि मध्येका एक जग्गाधनी कृष्ण बहादुर अर्याल क्षेत्रीले आफुहरुले २०२२ सालमा जग्गा खरिद गरी निरन्तर जोतभोग गर्दै आएकोमा २०७१ सालमा आयोग बनेपछि भने नापजाँच गरेर लालपुर्जा लिएको उनले बताए । साथै उनले ०७१ देखि वडा कार्यालयमा तिरो समेत बुझाउँदै आएको बताए ।

एनले अहिले आफ्नो जग्गा अर्कै व्यक्तिको नाममा लालपुर्जा आएको छ भन्ने थाहा पाउँदा पत्याउन मुस्किल भएको बताए ।
उनी मात्र हैन हरपुरका गोविन्द खराल पनि अहिले आफ्नो जग्गामा अरुको लालपुर्जा बनेको सुन्दा छक्क परेका छन् । ‘०३१ सालतिर मैले त्यहाँ जग्गा किनेको हुँ । ९ बर्ष अघि १५७ नं. को एउटै कित्ता रहेपनि ०७१ सालमा १४ वटा कित्ता फोड गरि बीचमा बाटो कायम गरे । तर अहिले यो जग्गा अरुको नाममा छ भन्दा अचम्ममा परेको छु’ उनले भने ।

खरालको सोहि जग्गालाई २०७८ साल फागुन ६ गतेको मितीमा ०७१ साल पहिलेकै १५७ नं. कित्ता नं १५७ नै कायम गरि १७ कठ्ठा १० धुर जग्गा ग्रिनल्याण्ड विल्डर्सको नाममा लालपुर्जा बनेको पाइएको छ । जग्गाको लालपुर्जा लिएर जोतभोग गर्दै आएकाहरु अहिले साथमा भएको लालपुर्जा लिएर भुमाफियाले हडप्न लागेको जग्गा जोगाउन अख्तियार र मालपोत धाउन थालेका छन् ।

चारकिल्ला र जग्गा रोक्का प्रमाणपत्र समेत नक्कली

१४ परिवार गाउँलेको १७ कट्ठा १० धुर जग्गाको नक्कली लालपूर्जा ग्रिनलण्ड विल्डर्सको नाममा बनाएका काशी घिमिरेले उक्त जग्गा सहकारीमा राख्दा चारकिल्ला प्रमाण र जग्गा रोक्काको प्रमाणपत्र पनि नक्कली बनाएको पाइएको छ । उनले सोहि जग्गा धितो राखेर काठमाण्डौको काँडाघारीमा रहेको सहकाली सहकारीबाट झण्डै तिन करोड ऋण लिएका छन् ।

घिमिरेले २०७८ साल फागुन २२ गते सहकारीबाट २ करोड ७० लाख ऋण लिएका छन् । ऋण लगानी गर्दा सहकारीका संचालकहरु तिलोत्तमाको फिल्डमै पुगेर जग्गा समेत हेरेर आएको दावी सहकारीले गरेपनि उनले क्रृण लिँदा प्रयोग गरेका सवै कागजपत्र नक्कली भएको भेटिएको छ ।

वडा कार्यालयबाट प्रमाणित गरेका चार किल्ला नक्कली छ भने मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्र पनि नक्कली रहेको छ । वडा कार्यालय बाट प्रमाणित भएको चारकिल्लामा यसअघिका वडा अध्यक्ष शुकदेव न्यौपानेको हस्ताक्षर राखिएको भएपनि अहिले वडामा हेर्दा उक्त नामको कुनै पनि जग्गाको चार किल्ला बनाएको अभिलेख भेटिदैन भने मालापोत कार्यालयमा पनि सो नामको जग्गा रोक्का पत्र भेटिदैन ।

मालपोत अधिकृत घनश्याम अर्यालले उक्त जग्गा रोक्का राखिएको कुनै अभिलेख नभएकोे बताए । तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख रहेको बताए । उकेराबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित