रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

किन सञ्चालनमा आउन सकेन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ?

बुटवल । बुटवलमा एक अर्ब बढी लागतमा ८ वर्ष लगाएर अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । तर, सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा-काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक सम्मेलन केन्द्र उद्घाटनको लामो समयसम्म सञ्चालन हुन सकेको छैन ।

बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै २०७१ माघ १५ देखि निर्माण थालिएको सम्मेलन केन्द्र गत भदौ ११ गते एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । १ अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले बनाएको सम्मेलन केन्द्रमा एक हजार जना अट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित १३ वटा २ हजार ७ जना अट्ने क्षमताका हल छन् । ८ वर्ष लगाएर निर्माण सकेपनि सञ्चालन कार्यविधि नबन्दा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बेकामे बनेको छ ।

पछिल्लो समय गोदावरीको सम्मेलन केन्द्रलाई आधार मानेर एउटा रेट आएको र त्यसलाई नै मुख्य हल भाडामा दिने तयारी भइरहेको सभाहल तथा प्रद्धशनी केन्द्र निर्माण कार्यान्वयन इकाई प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

सुरुवातमा बुटवल सम्मेलन केन्द्र आफैँले सञ्चालन गर्ने भन्दै बुटवल उपमहानगरले जग्गा उपलब्ध गराएको थियो । तर, सम्मेलन केन्द्र सञ्चालन कार्यविधिमा पाँच सय जना क्षमताको सभाहल गाउँपालिका वा नगरपालिका र ७ सयसम्मको उपमहानगरपालिकाले सञ्चालन गर्न पाउने व्यवस्था छ । एक हजार जना बढी क्षमताको यो सम्मेलन केन्द्र सहरी विकास मन्त्रालय मातहत विकास समिति बनाएर मात्रै बुटवल उपमहानगरले सञ्चालन गर्ने गरी कार्यविधि प्रस्ताव गरिएको छ ।

बुटवल मण्डपको साढे १६ बिघा जमिनमध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा फैलिएको सम्मलेन केन्द्रमा राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका २ वटा भवन छन् । केन्द्रभित्रै दुई तले भवनमा व्यवसायिक क्षेत्र, रेष्टुरा, एटीएम, खाजा घर र प्रशासनिक कक्ष छन् । हेलिप्याडसहित चार सय गाडी र चार सय मोटरसाइकल अटाउने खुला पार्किङ छ । चारैतिर आकर्षक प्रवेशद्वार बनाइएको सम्मेलन केन्द्रमा आकर्षक सुन्दर बगैँचा, पोखरी, फुटपाथ, लगायतका संरचना छन् । आफ्नो ठाउँमा सुबिधा सम्पन्न सम्मेलन केन्द्र निर्माण भएर पनि सञ्चालनमा नआउदा स्थानीय दुःखी छन् ।

सम्मेलन केन्द्रको मासिक सञ्चालन खर्च १३ लाख रुपैयाँ अनुमान गरिएको छ । यो वा त्यो बहानामा अर्ब बढी लगानी गरेर निर्माण गरिएको सम्मेलन केन्द्र सञ्चालन नगरेर अलपत्र पार्नु सरकारको कमजोरी हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित