मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाईको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट संगै वृद्धाभक्ता निकालेका दाजुभाई हिड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

दुई दाजुभाईबीच लेनदेनमा भएको विवादमा दाईले घचेट्दा भाई भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित