मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्वाभिमानको लागि एकल महिला मञ्च तिलोत्तमाको अध्यक्षमा भिमकला पाण्डे चयन

बुटवल । स्वाभिमानको लागि एक महिला मन्च तिलोत्तमाको अध्यक्षमा झिमकला पाण्डे चयन भएकी छिन् । आईतबार भएको छैठौ साधारण सभा तथा दोस्रो अबिधेशनबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन । त्यसैगरी उपाध्यक्षमा प्रतिमा पन्त, सचिवमा शान्ता पाण्डे भुसाल, कोषाध्यक्षमा नेत्रादेवी भुसाल चयन भएका छन् । अबिधेशनले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।


अबिधेशनको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरिन । सो अवसरमा बोल्दै उनले एकल महिलाहरुको हक हितका लागि संगठित रुपमा मञ्च लागेको भन्दै यसलाई दिगो बनाउन सवै लाग्नुपर्नेमा जोड दिईन ।
उनले मञ्चमा आबद्ध महिलाहरु एकजुट हुनु राम्रो भएको भन्दै एकल महिलाहरुलाई सामाजले हेर्नेदृष्टिकोण फरक रहेपनि त्यस्तो दृष्टिकोण परिर्वतन गर्दै अगाडि बढेकोमा मञ्चलाई धन्यवाद समेत दिईन ।


‘मानिस जन्मछ र मृत्यु पनि हुन्छ । मात्र कोही छिटो त कोही ढिलो मृत्यु हुन्छ । तर त्यसलाई अन्यथा हामीले लिनु हुँदैन । दुःख र पिर लाग्छ तर पनि सवै सामाना गरेर अगाडि बढ्नुको विकल्प हुँदैन’ उनले भनिन् ।


उनले एक महिलाहरुको जिम्मेवारी अझ बढि हुने भएकाले हिम्मतका साथ अगाडि बढ्न सवैलाई आग्रह गरिन । कार्यक्रम मञ्चकी अध्यक्ष झरनादेवी न्यौपानेको अध्यक्षता तथा सचिव प्रतिमा पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी सामाजिक विकास शाखाकी बरिष्ट सामाजिक परिचालिका अल्पा घिमिरे शुभकामना दिएकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित