३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अक्सफोर्ड मा.वि बुटवल द्वारा विद्यार्थी सम्मान तथा परीक्षाफल सार्वजनिक

बुटवल । देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाकाे परीक्षाफल एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।

माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ६३ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको हो ।

कक्षा ११ र १२ मा अध्ययनरत दोर्साे त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जि पि ए ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद र १० हजार तथा ३ महिनाकाे मासिक शुल्क छुट साथै ३ दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४६ जना परीक्षार्थीहरुलाई नगद तीन हजार र ३ महिनाकाे मासिक शुल्कमा छुट सहित सम्मान तथा पुरस्कृत गरेको हो ।

अभिभावकहरूकाे बाक्लो उपस्थितिमा सार्वजनिक भएको परीक्षाफलमा उत्कृष्ट जि पि ए ल्याउने विद्यार्थीका अभिभावक सहित सम्मान गरिएको हाे। परीक्षाफल सार्वजनिक कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य दिनेश भुसालले आगामी दिनमा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै जाने बताए ।

माघ महिनाको २६ गते भएको Web project development compettion मा उत्कृष्ट प्रर्दशन गरि कक्षा १२ मा अध्ययनरत अर्पनकाे समूह प्रथम , सविनकाे समूह द्धितिय र आशिषकाे समूह तृतिय भएका छन् भने कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम,अङ्कितकाे समूह र राेजनकाे समूह द्धितिय र अनुपकाे समूह तृतिय भएका थिए ।

उक्त कार्यक्रममा प्रथम , द्वितिय तथा तृतीय हुने विद्यार्थीहरुलाई परीक्षाफल सार्वजनिक कार्यक्रममा नगद तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता २०७९ मा सहभागी भइ बुटवल उपमहानगरपालिकामा तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान समेत गरिएको प्राध्यापक सुमन भुसालले बताए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य ललितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी ,अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल र नारायण सापकोटा लगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका थिए । विद्यालयका प्राध्यापक सुमन भुसालको सञ्चालनमा भएको कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा १३४३ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक लक्षमण घिमिरेले बताए । अक्सफोर्डमा अध्ययन गर्ने विज्ञान र व्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित