बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

सरकारले भुक्तानी नदिएको भन्दै बुटवलको मुटु अस्पताल द्वारा डायलाइसिस सेवा बन्द

सरकारले भुक्तानी नदिएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौलाका बिरामीको डायलाइसिस सेवा बन्द गर्ने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै अस्पतालले डायलाइसिस सेवा वापत सरकारले दिनुपर्ने रकम गत साउनदेखि बाँकी रहेको र डायलासिसका लागि आवश्यक सामान आयात गर्न कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको बताएको छ ।

१५ फागुन गतेदेखि अनिश्चितकालका लागि डायलाइसिस सेवा स्थगित हुने जनाएको छ । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पा सामुदायिक डायलाइसिस सेन्टर, लमही सामुदायिक डायलाइसिस सेन्टर र वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट सेवा उपलब्ध गराउँदै आएको छ । त्यहाँबाट विपन्न नागरिकलाई उपलब्ध गराएको डायलाइसिस सेवा वापतको भुक्तानी नगरेको अस्पतालले दाबी गरेको छ ।

जटिल प्रकृतिका आठ रोगका विपन्न बिरामीलाई निःशुल्क औषधि उपचारको भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित