मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अक्सफोर्ड कलेजद्वारा स्वागत, सम्मान तथा विदाई (१७ तस्वीरमा हेर्नुस)

भैरहवा । अक्सफोर्ड कलेज बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, रुपन्देहीले स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कलेजले बीबीएस, बी.एड. प्रथम वर्ष, बी.एच.एम., बी.आइ.एम. प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई भैरहवामा मंगलबार एक कार्यक्रमकाबीच स्वागत, बी.बी.एस., बी.एड. चौथो वर्ष, बी.एच.एम., बी. आइ.एम. आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको हो ।

त्यस्तै कार्यक्रममा निजामित सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था, शैक्षिक संस्था, कलाकारिता र शिक्षा सेवामा सफलता हासिल गरेका कलेजका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र क्याम्पस प्रमुख मनोज मरासिनीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

IMG_8463.JPG

कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष खनालले विगतका वर्षहरुमा स्वागत तथा विदाई कार्यक्रम छुट्टाछुट्टै गर्ने गरिएको तर यस वर्ष दुवै कार्यक्रम भव्य समारोहकाबीच आयोजना गरिएकोले यो कार्यक्रम अक्सफोर्ड कलेजको एक ऐतिहासिक कार्यक्रम भएको बताए ।

त्यस्तै क्याम्पस प्रमुख .मनोज मरासिनीले वि.सं. २०६२ सालमा स्थापित अक्सफोर्ड कलेजले स्नातक तह नेपाल प्रथम, नेपाल द्वितीयसहित निरन्तर रुपमा उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न सफल यो कलेज १२ मा सफल विद्यार्थीहरुको पहिलो रोजाइ बनेको बताए ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ । कार्यक्रममा स्वागत, सम्मान तथा विदाईसँगै कलेजमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कलेजका प्राध्यापक विष्णु खनालले बताए ।

बी.एच.एम. छैठौं सेमेष्टरमा अध्ययनरत नेपाल प्रथम हुन सफल विद्यार्थी लक्ष्मण थापाको अध्यक्षता, कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनालको प्रमुख आतिथ्यता, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र क्याम्पस प्रमुख मनोज मरासिनीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कलेजले जनाएको छ ।

विद्यार्थी दीक्षा भट्टराईको स्वागत तथा सुरज रिजाल र सपना भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी, विद्यालयका प्राचार्य दिनेश भुसाल लगायतले बोलेका थिए ।

बी.बी.एस., बी.एड., बी.एच.एम., बी.आइ.एम.का कक्षाहरु सञ्चालनमा रहेको यो कलेजमा १ हजार २ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित