रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

यमपञ्चक सुरु, आज धनतेरस

नेपालीहरूको दोस्रो महान् पर्व तिहार (यमपञ्चक) आजबाट सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि आजै परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने छ।

यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ।

यद्यपि त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने भएकाले काग तिहार भने भोलि परेको छ। त्रयोदशी तिथि भोलि साँझ ०५:०४ बजेसम्मै रहेको छ।

यस्तै आज धनतेरस समेत हो।

यता तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। कात्तिक ७ गते बिहान कुकुर तिहार पर्व मनाइने छ भने सोही दिन बेलुकी लक्ष्मीपूजा हुनेछ।

लक्ष्मी पूजाकै दिन गाईपूजा पर्ने भए पनि यसपटक गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ। गोरुपूजा, म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ। नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।

यसपटक भाइटीका कात्तिक १० गते परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित