मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीकाे तिलाेत्तमामा भएकाे चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएको भन्दै कुँवरलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

 नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव समेत रहेका कुँवर  खस्यौली साप्ताहिक र रेडियो जागरणमा कार्यरत छन् ।

पत्रकार कुँवरलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि, लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेयले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन ।

यसैगरि प्रतिष्ठानले लोक अभिभावक सम्मानवाट रुपन्देहीका राधेश्याम राजभण्डारी, अग्रज श्रष्ट्रासम्मानवाट तुकमानसिङ कार्की र नवप्रतिभा सम्मानवाट सम्झना रणपाललाई सम्मानित भएका छन । साधारण सभा तथा अधिबेसनको अवसरमा प्रदेशको तर्फवाट बिभिन्न प्रतियोगीताहरुमा सहभागी भई विजय हासिल गरेका कलाकारहरु प्रकाश पराजुली, मिना बुढाथोकी, बिक्रम बाबू बिश्वकर्मा र लक्ष्मी बस्नेतलाई समेत सम्मान गरिएको थियो ।

प्रतिष्ठानले जिल्लाहरुको कार्यसम्पादनका आधारमा रुपन्देही जिल्लालार्ई  उत्कृष्ट जिलाको रुपमा सम्मान गरेको छ । अधिवेशनमा प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले लोक दोहोरी गीत प्रतिष्ठानले कलाकारहरुको हक हितको लागी काम गर्दै आइरेको बताए । कार्यक्रममा प्रतिष्ठान केन्द्रीय सल्लाहकार खिम बहादुर हमाल, पुर्व केन्दिय अध्यक्ष चन्द्र शर्मा, दुर्गा रायमाझी, सस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ्ग, केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकसंगितले समाजलाई जोड्ने भएकाले कलाकारहरुले सामाजिक दायित्वलाई भुल्न नहुनेमा जोड दिएका थिए ।

लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेको अध्यक्षता बरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत एंव सचिव टिकाराम लुईटेलको संचालन कार्यक्रम भएको हो । साधरणसभामा कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित