तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पामिर एकेडेकीले मनायो १५ औं वार्षिकोत्सव

पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले मुलुकको बदलिदो परिवेशसँगै शिक्षा नीतिमा पनि आमुल परिवर्तन गर्नु पर्ने खाँचो औंल्याए ।

तिलोत्तमा नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर बजेट र नीति कार्यक्रम तर्जुमा गरेको उल्लेख गर्दै गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिएर विद्यार्थीहरुलाई व्यावहारिक र सीपयुक्त बनाउनुपर्ने उनले बताए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने भन्दै यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरे ।

पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास असम्भव भएकाले स्थानीय तहले शैक्षिक गुणस्तर वृद्धि सँगसँगै लगानी बढाउनुपर्ने बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिलबहादुर भट्टराईले शैक्षिक गुणस्तरमा निजी विद्यालयको ठूलो योगदान रहेको बताउँदै शिक्षा क्षेत्रमा स्थानीय सरकारले पनि प्राथमिकताका साथ लगानी बढाउँदै लगेको बताए ।

अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले शैक्षिक स्तर सुधारमा टेवा पुग्ने भएकाले यसका लागि तीनै पक्ष जवाफदेही र जिम्मेवार हुनुपर्ने बताए । विद्यालयका अध्यक्ष मोहन चापागाईंले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

त्यस अवसरमा पुर्व विद्यार्थीको प्रतीक्षा खराल, टोल विकास समितिका अध्यक्षहरुको तर्फबाट नरबहादुर कार्की, शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका प्राचार्य चण्डिप्रसाद पाण्डे, अभिभावकको तर्फबाट शंकर पाण्डे, अक्षयकोषदाता रामबहादुर खड्का, शिक्षकद्वय केशव खनाल, नाविन शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने गरीव तथा जेहेन्दार विद्यार्थीका लागि विद्यालयमा अक्षयकोष स्थापना गरी सहयोग गर्ने रामबहादुर खड्कालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने २०७५ सालको नतीजामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै तेक्वान्दो खेलाडी बालबालिकालाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित