तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देही द्वारा रक्तदान

प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरी आज २५ औं स्थापना दिवस मनउंदै छ ।
पे्रस चौतारी रुपन्देहले स्थापना दिवसको अवसरमा बुटवलमा आज रक्तदान कार्यक्रम गरेको छ ।पे्रस चौतारी नेपाल नेकपा एमाले निकट पत्रकारहरुको संगठन हो ।
रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्वेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी गराएका छन् ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले जानकारी गराएका छन् ।स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।
यसैगरी काठमाण्डौंमा पे्रस चौतारीको केन्द्रीय समितिले घोषणा गरेका विभिन्न शिर्षकका पुरस्कार आज वितरण गर्ने छ ।

सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालका अनुसार ह्दयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार बुटवलका पत्रकार डा. बालकृष्ण चापागाईलाई प्रदान गरिने छ ।
अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।
सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित