तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चौराह अस्पताल बुटवल द्वारा कपिलबस्तुको शिवराज – ९ मा निशुल्क स्वास्थ्य शिविर

बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेकपा महासचिव नेत्रबिक्रम चन्दको प्रमुख आतिथ्यतामा भएको शिविरमा ५ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो । गरिव तथा विपन्न समुदायमा लुकेको रोग पत्ता लगाउने उद्देश्यले आयोजना गरिएको शिविरमा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा मगर, शिवराज नगरपालिकाका अध्यक्ष अजय थापाको समेत उपस्थिती रहेको थियो ।
शिविरमा न्यूरो सर्जन डा. के आई सिंह, डाक्टर मदन ज्ञवाली, डाक्टर ज्योति श्रेष्ठ, डाक्टर बिनोद पौडेल, डाक्टर गगा श्रेष्ठ, डाक्टर घनश्याम पाण्डे, मौसमी श्रेष्ठले विरामीलाई चेकजाँच गरेको अस्पतालका बरिष्ठ जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले जानाकारी दिए ।
शिविरमा बोल्दै प्रमुख अतिथि चन्दले अस्पतालले सामाजिक दायित्व अनुसार गाउँ गाउँमा आएर स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद दिए । उनले राज्यले गर्नुपर्ने दायित्व नीजि अस्पतालले पुरा गरेको भन्दै नीजि अस्पतालाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताए ।
बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा मगरले यस्ता शिविरले गरिव तथा विपन्न परिबारलाई ठुलो राहत मिलेको बताए । शिवराज नगरपालिकाका अध्यक्ष अजय थापाले रकम अभावमा अस्पताल सम्म जान नसक्ने विरामीहरु यस्ता शिविरबाट सवैभन्दा बढि लाभाम्बित भएको भन्दै आगामी दिनमा पनि यस्तो कार्य गर्न अस्पताललाई सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित