निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

व्यवसायिक तरकारी खेती सम्बन्धी ५ दिने कृषक तालिम सम्पन्न

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका -१४ स्थित दुर्गानगरका २ कृषक समूहले तरकारी खेती सम्बन्धि ५ दिने तालिम सम्पन्न गरेका छन् । तिलोत्तमा नगरपालिका कृषि शाखाको प्राबिधिक सहयोगमा सुर्य किरण तरकारी उत्पादन कृषक समूह र श्री नवदुर्गा  तरकारी उत्पादन कृषक समूहको आयोजनामा ६० बढी कृषकलाई तालिम दिइएको कृषि शाखा प्रमुख कृषि  अधिकृत दोमलाल भुसालले जानकारी दिए

माघ १५ गतेदेखि १९ गतेसम्म आयोजित तालिममा विज्ञका रूपमा अधिकृत दोमलाल भुसाल र रामप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो भने कृषि सम्बन्धि विज्ञका रूपमा तेज नारायण गैरे, प्राबिधिकहरु अश्मिता ज्ञवाली र बिन्दु रायमाझीले सहयोग गरेका थिए ।
तालिमका बारेमा बोल्दै प्रशिक्षार्थि कृषक रेणु थारु र कुशल भण्डारीले तालिम धेरै प्रभावकारी भएको र आब व्यवहारमा लागु गरेमात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए। तालिमको अबधिमा धेरै प्राबिधिक कुरा सिक्न पाएको भन्दै आवको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए।

तालिमले कृषकको उत्पादन रुचिमा अझै आत्मविश्वास बढाएको र प्राबिधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न बक्ताहरुले आग्रह गरेका थिए।सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कृषक समुहका उपाध्यक्ष नरिश्वर सापकोटा, टोल संजालका अध्यक्ष देव बहादुर बगाले,शैक्षिक सुधार समितिका संयोजक श्याम खरेल,समाजसेवी तथा कृषक टिकाराम पाण्डे,कृषि विज्ञ तेज नारायण गैरे, कृषक समुहका कोशाध्यक्ष शान्ता खरेल लगायतले बोल्दै तालिमले प्रबिधिमय कृषिका लागि कृषकमा नयाँ उर्जा थपेको बताएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित