दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

चारपाला सामुदायिक बनमा निशुल्क सुगर परिक्षण, रक्तदान र सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले वन क्षेत्रलाई सवैले जोगाउनुपर्ने अहिलेका मुख्य आवश्यकता रहेको बताएका छन् । पछिल्लो समय भइरहेको जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नुका साथै भुक्षियको समेत जोखिम बढिरहेकाले बन क्षेत्रलाई जोगाएमा मात्र प्राकृतिक रुपमा हुने क्षतीलाई न्यूनिकरण गर्न सकिने उनको भनाई छ ।

बुटवल १२ तामनगरमा रहेको चारपाला सामुदायिक वन उपभोत्ता समुहले आयोजना गरेको रक्तदान, निशुल्क सुगर परिक्षण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सांसद श्रेष्ठले वनको आवश्यकता अहिले बढ्दै गइरहेको बताए । साथै उनले अब गर्मीयाम सुरु हुन लाग्दा बन क्षेत्रमा डडेलो लाग्न सक्ने जोखिम भएकाले डडेलो बाट बनलाई जोगाउन सवै समुदाय लाग्नुपर्ने बताए ।

बनमा नयां पालुवा पलाउने नाममा कतिपय स्थानमा डडेलो समेत लगाउने गरिएको भन्दै उनले डडेलो बनमा लाग्दा जीवजन्तु, पशुपन्छीको बासस्थान मासिने बताए । बन जोगाएमा मात्र उपभोत्ताहरुलाई आवश्यक पर्दा समुह मार्फत काठ, दाउरा दिने भएकाले पनि बनको संरक्षण प्रमुख कर्तव्य रहेको उनको भनाई छ । साथै उनले अब बन क्षेत्रलाई पर्या पर्यटनको क्षेत्रमा विकास गर्नुपर्ने समेत बताए ।


कार्यक्रममा बोल्दै समुहका अध्यक्ष जगनाथ शर्मा पौडेलले उपभोत्ताले माग गरे बमोजिम जंगलबाट काठ दाउंरा निकाल्न केही नितीगत झन्झट रहेको भन्दै त्यसलाई प्रदेश सरकारले सहजीकरण गर्न आग्रह गर्नुभयो । साथै उनले उपभोत्ता समुह मार्फत बर्षेनी जंगलमा बृक्षारोपणका कार्यक्रमलाई अगाडि बढाउंदै लगिएको बताए । त्यस बाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य परिक्षण, सरसफाईका कार्यक्रमलाई पनि समुहले प्राथमिकतामा राखेको बताए ।


उक्त कार्यक्रममा ११० जनाले रक्तदान गरेको थिए भने २७० जनाको निशुल्क सुगर परिक्षण गरिएको कार्यालय सचिव विनोद आचार्यले जानाकारी दिए । त्यस्तै विभिन्न विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो । सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायक खुमन अधिकारी, लक्ष्मण खड्का, जमुना सनम लगाएतले प्रस्तुती दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित