तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

समयमै उपचार गरे निको हुन्छ कुष्ठरोग

रूपन्देहीको तिलोत्तमाका २०९ (परिवर्तित नाम) को कम्मरमा अचानक रातो र हल्का फुस्रो रङको दाग देखियो। यो आठ/नौं महिना पहिलेको घटना हो।

सामान्य दाग होला भनेर उनले त्यति वास्ता गरेका थिएनन्। शुरूमा कम्मरमा देखिएको त्यो दाग शरीरको अन्य भागमा फैलिदै गयो। छालामा सानासाना गिर्खा पनि देखिन थाले।

स्थानीय राजनीतिक कार्यकर्तासमेत रहेका उनी परीक्षणको लागि बुटवलमा गए। बुटवलमा परिक्षण गरेपछि थाहा भयो- सामान्य मानेर वेवास्ता गरेको त्यो रातो फुस्रो दाग कुष्ठरोग रहेछ।

उनकी श्रीमती र छोराको शरीरमा पनि त्यस्तै दाग देखियो। परीक्षण पछि उनीहरुलाई कुष्ठरोग भएको पुष्टि भयो। परिवारका तीनजनालाई कुष्ठरोग भएपछि उनीहरूले तिलोत्तमाकै एउटा स्वास्थ्य चौकीबाट औषधी सेवन शुरू गरे।

श्रीमती र छोरालाई पौसी व्यासिलेरी (कम किटाणु भएको) भएकोले ६ महिनासम्म औषधी सेवन गरेपछि निको भयो तर उनलाई २०९ लाई मल्टिव्यासिलेरी (बढी किटाणु भएको) भएकोले अझै औषधी सेवन गरिरहेका छन्।

तिलोत्तमाकै विनोद शर्मा (परिवर्तित नाम)को हातमा गत वर्ष मंसिरमा दाग देखियो। बुटवलको कुनै कलेजमा अध्यापन गराउँदै आएका उनले नजिकैको मेडिकलमा गई हातको दाग देखाए।

मेडिकल सञ्चालकले सोधपुछ गरेर सामान्य छालाको समस्या भन्दै मल्हम दिएर पठाए।

मेडिकलबाट औषधि लगेर लगाउन शुरू गरेका विनोदलाई दाग निको हुने विश्वास थियो। दुई महिनासम्म औषधि लगाए पनि दाग निको हुनुको सट्टा बढ्दै गयो। दाग फैलिदै जान थालेपछि उनी तिलोत्तमास्थित सेमराबजार स्वास्थ्य चौकीमा परीक्षण गर्न पुगे। स्वास्थ्यचौकीमा परिक्षण पछि पत्ता लाग्यो दुईमहिनादेखिको सामान्य दाग त कुष्ठरोग पो रहेछ।

तिलोत्तमाकै सरस्वती सुवेदी (परिवर्तित नाम) को देब्रे खुट्टामा फुस्रो दाग देखियो। सामान्य घाउखटिरा भएर दाग बसेको होला भन्ठानेर सरस्वतीले शुरुमा खासै वास्ता गरिनन्। तर विस्तारै दाग बढ्दै जान थाल्यो, दाग वरिपरीको छाला बाक्लो हुँदै थियो, उनले छालामा छुँदा थाहा पाउन छोडिन्।

सरस्वतीले छालामा रातो तथा हल्का फुस्रो रङको दाग देखिने, नदुख्ने नचिलाउने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, छुँदा थाहा नहुने जस्ता लक्षण देखियो भने त्यो कुष्ठरोग हुनसक्छ भन्ने सुनेकी थिईन्।

भोलिपल्टै उनी स्वास्थ्य चौकी पुगिन्, खुट्टाको दाग देखाईन्, स्वास्थ्यकर्मीलाई लक्षण बताईन् र परीक्षणको लागि छालाको नमूना दिईन्। परीक्षण पछि उनको खुट्टामा देखिएको दाग कुष्ठरोग रहेछ।

कम किटाणु भएको कुष्ठरोग भएकोले उनले ६ महिना औषधी सेवन गरिन्। अहिले उनी कुष्ठरोगमुक्त भएकी छन्।

यी त प्रतिनिधि पात्र मात्र हुन्। नेपाल सरकारले सन् २०१० मै नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित