३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च

सन्दर्भः ७० औँ विश्व कुष्ठरोग दिवस

लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा. विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु रहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १२१, नवलपरासी पश्च्मिमा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७र७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले बताए ।

सातै प्रदेश मध्ये सबै भन्दा बढी कुष्ठरोगीहरु मधेश प्रदेशमा र सबै भन्दा कम बाग्मती प्रदेशमा विरामी रहेका छन् । मधेश प्रदेशसभामा प्रति १० हजारमा १।४१ दर रहेको छ भने बाग्मती प्रदेशमा ०।१७ प्रतिशत रहको छ । लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सकृय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतनामूलक कार्यक्रम, अपाङ्गता रोकथाम लगायतका कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित