तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होटल, रेष्टुरेन्टले मेनुमा सेवा शुल्क र भ्याट जोड्न नपाउने

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको छ।

विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै विभागले होटल रेष्टुरेन्टलाई सचेत गराएको हो।

‘सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुहुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ’ विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

होटल  तथा रेष्टुन्टले अतिरिक्त सेवा शुल्कका नाममा रकम लिने गरेको गुनासो विभागमा आएकाले सचेत गराएको विभागले जनाएको छ।

यद्यपी यो सूचना पालना नगरेमा नियमअनुसार होटल रेष्टुरेन्टलाई कारबाही हुने समेत विभागबाट जारी विज्ञप्तीमा उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित