निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमा बोल्दै उपप्रमुख गुरुङ्गले नागरिकहरुमा सचेतना नहुदा महिला हिंसा बढिरहेको बताईन । उनले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिईन ।समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिईन ।
कार्यक्रममा साईवर क्राईमको वारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्याथीहरुलाई सचेतना गराएका थिए । कार्यक्रममा युवा सघका नेपालका केन्द्रीय सदस्य तथा लुम्बीनि प्रदेश सह सयोजक सुरज खरेल ,जिल्ला सह सयोजक बिकास गहतराज यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
ईसा अर्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित