तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

बुटवल । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा.विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु रहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १२१, नवलपरासी पश्च्मिमा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७/७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले बताए ।

सातै प्रदेश मध्ये सबै भन्दा बढी कुष्ठरोगीहरु मधेश प्रदेशमा र सबै भन्दा कम बाग्मती प्रदेशमा विरामी रहेका छन् । मधेश प्रदेशसभामा प्रति १० हजारमा १.४१ दर रहेको छ भने बाग्मती प्रदेशमा ०.१७ प्रतिशत रहको छ । लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सकृय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतनामूलक कार्यक्रम, अपाङ्गता रोकथाम लगायतका कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताए ।

अन्तरक्रिया कार्यक्रममा एसियन प्रोग्रामकी निर्मला बुढा, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख पुपराज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का लगायतले सबैको साथ र सहयोगबाट कुष्ठरोगलाई निराकरण गर्न सकिने बताएका थिए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले ७० औँ कुष्ठरोगको अवसरमा आइतबार बुटवलमा सचेतनामूलक र्याली समेत गर्ने प्रशासक चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित