मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तस्वीरमा हेर्नुहोस् दिप बोर्डिङमा खाना महोत्सब

बुटवल । दिप बोर्डिङ हाई स्कुलमा खाना महोत्सव सम्पन्न भएको छ। दोस्रो त्राईमासिक परिक्षाको नतिजाको दिन प्रत्यक वर्ष मनाउदै आइएको खाना महोत्सव शुक्रवार सम्पन्न भएको हो।कोरोनाले २ वर्ष रोकिएको खाना महोत्सव यो वर्ष सम्पन्न भएको हो।

प्लस टु र कक्षा ९ का बिद्यार्थीहरुले १७ स्टल राखेर महोत्सव सम्पन्न भएको बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए।
बिद्यार्थीहरु र अभिभावकले दोस्रो त्राईमासिक परिक्षाको नतिजासमेत लिएर खाना खादै रमाइलो गर्द महोत्सव सम्पन्न भएको उनले बताए।
बिधालयमा प्लस टु होटल म्यानेज्मेन्ट पढ्दै गरेका १ सय बिद्यार्थीहरुले १२ स्टल र कक्षा ९ का १५० बिद्यार्थीहरुले ५ वटा स्टलमा खानाका परिकार राखेको प्राचार्य न्यौपानेले बताए।

स्टलमा हक्का नुडल्स,पास्ता, ससेज,मम,टम एण्ड जेरी चिकन,फ्रुट कर्नर,नेवारी खाजा, पपकर्न एण्ड कफि,फुल्कि चाट ,बटुक पकौडा, फेस पेन्टिङ लगायतका स्टलहरु रहेको बिधालयका सह प्राचार्य कलाधर अर्यालले जानकारी दिए।

बिद्यार्थीहरुले आफै सामाग्रीहरु ब्यवस्थापन गरेको प्ल्स टु सम्योजक वसन्त जोशीले जानकारी दिए। उनले बिधालयले कुपन ब्यवस्थापन गरेको र सोही कुप्पनलाई पैसामा कन्भर्ट गरेर बिद्यार्थीहरुलाइ उपलब्ध गराईने बताए।

बिहान १० बजेबाट ४ बजे सम्म महोत्सव सञ्चालन भएको थियो।बिधालयमा कक्षा १२ सम्म २५ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित