कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

चौराह अस्पताल बुटवलले ५ महिनामा ग¥र्यो १८ सय बढिको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले ६ महिनाको अवधिमा १ हजार ८ सय भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
सामाजिक कार्य अन्तर्गत अस्पतालले असार देखि पुस सम्मको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आयोजना गरेको स्वास्थ्य शिविरमा १ हजार ८२० जनाको स्वास्थ्य परिक्षण गरेको हो ।
अस्पतालका बरिष्ठ जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले गरिव तथा विपन्न समुदायका जनताहरुमा लुकेको रोगको पहिचान गराउने उद्देश्यले अस्पतालले बार्षिक कार्यतालिकानै बनाएर स्वास्थ्य परिक्षण गर्दै आएको बताए ।


उनले स्वास्थ्य परिक्षणका अलवा सोही स्थानमा निशुल्क प्रयोगशाला परिक्षण, भिडियो एक्सरे जस्ता सेवाहरु समेत दिने गरेको बताए ।
अस्पतालले असार ९ गते सैनामैना ४ कुस्मामा निशुल्क स्वास्थ्य शिविर गरेको थियो । जहाँ ६ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । यसैगरी अस्पतालले लुम्बिनी प्रदेश ट्राफिक तथा सडक सुरक्षा बलका ८२ जना ट्राफिक प्रहरीको गत कार्तिक २८ गते निशुल्क फोक्सोको जाँच गरेको थियो ।
त्यसैगरी अस्पतालले पुस ८ र ९ गते अर्घाखाँचीको सन्दिखर्क नगरपालिका २ अर्घाखाँची आवसिय उच्च माध्यमिक विद्यालयमा पनि निशुल्क बहृत्त स्वास्थ्य शिविर गरेको र त्यहाँ ११ सय ४० जनाले परिक्षण गरेको कुँवरले बताए ।
अर्घाखाँची शिविरमा न्यूरो, फिजिसिएन, मुट, जनरल सर्जन, महिला तथा प्रस्तुती, नाक कान घाती, युरो सर्जरी, छाला, बच्चाको जाँच तथा एपिएफ र ट्राफिको फोक्सोको जाँच गरेको उनले बताए ।


ट्राफिक र एपिएफको फोक्सोको जाँच १७५ जनाको गरेको उनको भनाई छ ।
शिविरमा ल्याव समेत परिक्षण गरिएको थियो । शिविरमा ईसिजी १०५ जना, भिडियो एक्सरे ९०, पिसावको जाँच १ सय, सुगर जाँच ११० जना, कलेजोको जाँच ३ सय सहित ११ सय ४० जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।


शिविरमा न्यूरो रोग विशेषज्ञ डा. केआई सिंहक्षेत्री, मुटु रोग विशेषज्ञ डा. विजय यादव, फिजिएन डा. सरोज थापा, राजन भण्डारी, हाडजोर्नी रोग विशेषज्ञ डा. सुनिल चौधरीले स्वास्थ्य परिक्षण गरेका थिए । त्यसैगरी महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ, मानसिक तथा मनो रोग विशेषज्ञ डा. विनिता रेग्मी, नाक, कान घाटी रोग विशेषज्ञ डा. महेश पोखरेल, जनरल सर्जन डा. मञ्जिल मल्ल, न्यूरो सर्जन डा. प्रेमराज सिग्देल, छाला तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा र रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझिले शिविरमा स्वास्थ्य परिक्षण गरेका थिए ।


अस्पतालले माघ १९ गते शिवराज नगरपालिका कपिलबस्तु भवानीपुरमा समेत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । अस्पतालले प्रत्येक विहिबार सुगर जाँच निशुल्क तथा जनरल फिजिसिएन (ओपिडी) जाँच निशुल्क गर्दै आएको छ भने प्रत्येक महिनाको अन्तिम बुधबार निशुल्क फोक्सोको जाँच गर्दै आएको सूचना अधिकृत कुँवरले जानाकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित