दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुद्धनगर खानेपानीले आयोजना गरेको रक्तदानमा ६७ प्वान्ट रगत संकलन

बुटवल ।
खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ ।
रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । स्थानीय स्तरमा रक्तदानलाई हरेक व्यक्रिलाई नियमित बनाउनका लागि धेरै वर्ष पहिलेदेखि रक्तदान कार्यक्रमलाई संस्थाले नियमित गर्दै आएको संस्थाका अध्यक्ष आशिष सूर्यवंशीले बताए । बुधबारको रक्तदानमा पनि स्थानीय उपभोक्ताको सकृयतामा ६७ प्वाइन्ट रगत संकलन गर्न सकिएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।
रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुद्धनगर नहरपुरमै आयोजना गरिएको सो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ । हरेक सामाजिक संघसंस्थाले आफ्नो नियमित कार्यक्रममा रक्तदानलाई जोड्नसके रगत अभावमा सर्वसाधारण दौडन नपर्ने र नियमित रक्तदानले हरेक व्यक्तिलाई स्वस्थ्य राख्नसक्ने स्वास्थ्यकर्मी मोहन घिमिरेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित