३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मुख्यमन्त्री गिरीले आज सपथग्रहण गर्दै

नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलेले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् ।

बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छ । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि ९ सदस्यीयमा झार्ने तयारी गरिएको भएपनि सत्तारुढ सबै दललाई भाग पु¥याउनका लागि मन्त्रिपरिषद ११ सदस्यीय बनाउन लागिएको हो । लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित