निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

यस कारण आज भएन लुम्बिनी प्रदेशमा एमाले नेता गिरीको मुख्यमन्त्रीमा दावी पेश ?

बुटवल । अन्ततः तयारी नपुगेको भन्दै सत्तारुढ दलले आज लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी पेश नगर्ने भएको छ ।

हिजो सत्तारुढ दलहरु बीच सहमती भएसंगै आज पौने ३ बजे नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने सहमती भएको थियो ।

तर साना दलहरुलाई पनि सहकार्य गर्न आग्रह गरिएको र कतिपय ठुला दलहरुको समेत तयारी नपुगेकाले आज मुख्यमन्त्रीमा दावी पेश नगरेको माओवादी केन्द्रका नेता तुलाराम घर्तीले जानाकारी दिए ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिने भनिएपनि यो सहमती विपरित लुम्बिनीमा माओवादीको असन्तुष्टि रहेको थियो ।

जसका कारण माओवादी संसदिय दलका नेता जोख बहादुर महरा एमालेलाई पाँच बर्ष पुरा कार्यकाल मुख्यमन्त्री दिन नहुने भन्दै आधा आधा कार्यकाल मुख्यमन्त्रीको नेतृत्व गर्न पाउँने माग पार्टी नेतृत्व संग गर्दै आएका थिए ।

माओवादी नेता घर्तीले लुम्बिनीमा पाँच बर्ष मुख्यमन्त्रीमा एमालेले नेतृत्व नगर्ने र पछिल्लो सहमती अनुसार आधा आधा कार्यकाल दुवै दलले गर्ने सहमती भएको बताए ।

यो संगै अब लुम्बिनीमा पनि एमाले र माओवादी दुवैले साढे २, साढे २ बर्ष सरकारको नेतृत्व गर्नेछन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३र३ जना सांसद छन् ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित