तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मन्जुश्री सहकारीमा नयाँ नेतृत्व बुटवल

भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्था दोस्रो बार्षिक साधारणसभा बाट खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ गठन भएको सञ्चालक समितिको उपाध्यक्षमा कल्पना अधिकारी सचिवमा भेषराज वस्ती र कोषाध्यक्षमा युवराज पन्थी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा प्रीती शर्मा र मोह्मद रहिस मियाँ र मन्जु बस्याल चयन भएका छन् । यस्तै कृष्ण घिमिरेको संयोजकत्वमा गठन भएको लेखा समिति सदस्यमा यमलाल पाण्डे र रन्जना खड्का घिमिरे चयन भएका छन् । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानून सचिव राजेन्द्र थापाले सहकारीका विचमा सदस्यता शुद्धिकारण जरुरी रहेको बताए ।

उनले विभिन्न सहकारीको कारण अहिले सिंगो सहकारी नै बदनाम हुने अवस्था आएको भन्दै यो सहकारीले आर्थिक सुसासनको अधिकतम प्रयोग गर्ने अपेक्षा व्यक्त गरे ।

सहकारी सुरुवात गरेको पहिलो बर्षमा नै सहकारीले गरेको कार्य राम्रो रहे्को भन्दै उनले सहकारीको मुखय विम्बको रुपमा रहेको साधारणसभाले विशेष छलफल तथा महत्पूर्ण निर्णय गर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटीले सहकारीले गर्ने आधारभूत सर्वमान्य सिद्धान्तलाई जहिले पनि पूर्णरुपमा पालन गर्नुपर्ने बताएका थिए ।

उनले सहकारीको सिद्धान्नको पूर्ण पालना गर्दै मुल्य र मान्यताको आत्मसाथ गर्दै जानुको विकल्प नभएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवलका केवी उप्रेती, सामाजिक महिला सगरमाथा सप्लायर्सका केशव भण्डारी, हिालय एभरेष्ट ईन्स्योरेन्सका कृष्ण घिमिरे, लुम्बिनी जव लिंकका सञ्चालक रामचन्द्र अर्याल, लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा उत्कृष्ठ शेयर सदस्य, ऋणी तथा बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष खिमराज भण्डारीको अध्यक्षता तथा व्यवस्थापक चुरामणी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित