संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

नेपालगञ्जमा लगाइयो ५५४ बालबालिकालाई दादुराविरुद्धको खोप

नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको हो। वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप लगाउन सुरु गरेको छ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले संक्रमण देखिएका अरु वडाहरुमा पनि खोप लगाउँदै जाने जानकारी दिए।

नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ। अहिले संक्रमण देखिएका बालबालिकाले नियमित रुपमा सञ्चालन भएको खोप अभियानमा सहभागी नभएको पाइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित