तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ मा सुरु हुने

रुपन्देही । लुम्बिनीमा प्रदेश सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ गते सुरु हुने भएको छ ।

सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा अधिवेशनको पहिलो र दोस्रो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

ज्येष्ठ सदस्य भुसालले प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने बताए । उनले भने, ‘त्यही दिन सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।’

सोमबार प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको दुई बैठक भएका छन् । पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो । सो बैठकमा बोल्दै प्रदेश प्रमुख शेरचनले प्रदेशको नामकरण, स्थायी राजधानी तोकेर व्यवस्थापन गर्नेदेखि हालसम्म बनाएका ७२ कानून मुख्य उपलब्धि रहेको बताए ।

प्रदेश प्रमुखको धारणासहित पहिलो बैठक सकिएको थियो । सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ ।

बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलका नेताहरुले शुभकामना व्यक्त गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । अधिकांश वक्ताले प्रदेशप्रतिको वितृष्णा अन्त्य गर्नेमा ध्यान पुग्नुपर्ने र कानून निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।

बैठकमा एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकालका उपलब्धिलाई संस्थागत गर्दै थप योजनाका साथ काम गर्ने बताए ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानून निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा बैठकमा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाकी तारा थापाले बोलेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित