दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

५० शैय्याको क्षमताले एक सय २० जनालाई सेवा

भैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको भिम अस्पतालले क्षमताभन्दा बढी सेवा दिइरहेको छ । ५० वेड क्षमता रहेको अस्पतालले १२० जनासम्म बिरामीलाई एकै पटक सेवा दिइएको पाइएको छ ।
वर्ष भरि गरेको प्रगति र कामको समिक्षा गर्दै अस्पतालले कर्मचारीको सामूहिक प्रयासले अस्पतालले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन । अस्पतालले आर्थिक वर्ष २०७८-०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको निश्कर्ष निकालेको छ । ‘सीमित जनशक्ति र स्रोत साधनले कर्मचारीले धेरै नै प्रशंसनीय काम गरेका छन्, १ जना नर्स बराबर १३ जना बिरामीलाई सेवा दिनु भनेकै जनशक्तिको अधिकतम प्रयोग अस्पतालले गरेको हो ।’–मेसु गुप्ताले भनिन् ।

अस्पतालको सेवाहरु विस्तार हँुदै जाँदा स्वास्थ्य सेवा लिनेको संख्यामा पनि धेरै नै परिवर्तन भएको छ । बहिरंग सेवामा दैनिक १७५ जनासम्म बिरामीहरु सरदर अस्पताल आइरहेको तथ्याङ्क छ, भने प्रयोगशाला, सर्जरी र प्रसुतीमा पनि सेवाग्राही बढिरहेका छन् । यो अस्पतालको लागि राम्रो पक्ष हो । पूर्वाधार निर्माण र उपकरणहरु थपिदै गए पनि जनशीक्त, अभाव कायमै छ ।

अस्पतालले थप जनशक्तिबाट विशेषज्ञ सेवाहरु पनि थप्ने क्रममा छ । सर्जन, अर्थपेडिक, जर्नल फिसिजयन र रोडीयोलोजीको विशेषज्ञ सेवा दिनका लागि अस्पतालले प्रक्रिया अगाडि बढाएको छ, भने सिटी स्क्यान, ब्लड बैंक ल्याबमा पनि थप सेवाहरु र सरकारी सेवा बाहेकका अन्य सेवा हरु पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

दैनिक लुम्बिनी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित