तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल उद्योग संघ रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल। नेपाल उद्योग संघ जिल्ला शाखा रुपन्देहीको साधारणसभा तथा दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिवकुमार पाठक र सरला भण्डारी, सचिवमा यादव भण्डारी, कोषाध्यक्षमा युवराज आचार्य, सहसचिवमा रमेश चन्द्र रेग्मी र पार्वती गिरी रहेका छन । त्यस्तैगरी सदस्यहरुमा अखिलेस कसौधन, गोपाल खनाल, अशोक कुँवर, नारायणप्रसाद श्रेष्ठ, अशोक आचार्य, माया भटटराई, किस्मत पाण्डे, देवीराम पाण्डे, विशाल बेल्वासे, रमेश आचार्य, जागेश्वर पंगेनी, तारा पन्त, शिवलाल लम्साल, धनिश्वर आचार्य, भीमलाल भटटराई, टुमनाथ कंडेल, टंक नारायण आचार्य र विनोद कुमार अधिकारी रहेका छन ।
नेपाल उद्योग संघ रुपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै उद्योगीका हक अधिकारीको क्षेत्रमा पार्टीले सधै आवाज उठाउदै आएको बताए । उनले निजी क्षेत्रमा देखिएका समस्या समाधानको लागि सबै एकजुट हुनुपर्ने बताए ।
त्यस्तै अध्यक्ष श्रेष्ठले उद्योग मैत्री बाताबरण बनाउन सरकार संग आग्रह गरे ।
सो असवरमा एमाले जिल्ला सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, नगर अध्यक्ष किसन ज्ञवाली, उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव बालाराम भटटराई, महासंघका प्रदेश अध्यक्ष माधव नेपाल, केशव पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव बाबुराम बोहोराले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित