लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ ।
सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिबिरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।
सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरिएको बताए ।
उनले ३२७ जनाले आखाँको जाँच गराईएको र त्यसमध्ये ४५ जनाको मोतिया बिन्दुको अपरेसन गर्नु पर्ने बताए । त्यसै गरी ५ सय बढीले अन्य बिभिन्न रोगको बिषयमा जाँच गराएको घर्तिले बताए ।
नागरिकलाई बिभिन्न रोगका बिषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिबिर प्रभावकारी बन्ने उद्धेश्यले शिबिरको आयोजना गरिएको बताए ।
गाउँपालिकामा नयाँ जनप्रतिनिध आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरुप बिभिन्न स्वास्थ्य शिबिर राखिएको बताउनु भयो । शिबिरमा आउन नसक्ने जेष्ठ नागरिक तथा अशक्त र असाहाय नागरिकलाई घरमै गएर पनि स्वास्थ्य सेवा दिदै आएको उल्लेख गरे ।
पालिकाको संयोजनामा गाउँ स्तरमा भएको स्वास्थ्य शिबिरले नागरिकमा पनि उत्साह थपेको छ । शिबिरमा स्वास्थ्य उपचार गराएका शिबकुमार मालिले स्वास्थ्य शिबिरबाट आफु निकै लाभान्वित भएको बताए । उनले आफुजस्तै अन्य सेवाग्राहि पनि शिबिरबाट लाभान्वित भएको उल्लेख गरे ।
सियारी गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको छ । पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य सेवामा लाभ पु¥याउने उद्धेश्यले रगत र मोतिया बिन्दुको अपरेसनलाई निशुल्क बनाएको छ । नागरिक स्वस्थ भए पालिका पनि स्वस्थ हुने नीति अनुरुप स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गरेको पालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित