३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

साँघुरियो मुख्यमन्त्री आकांक्षीको सूची

सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची साँघुरो भएको हो । यद्यपि, समझदारीले भने अन्तिम रूप पाइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच एमालेले चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले एउटा प्रदेशमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी छ । राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने–नगर्ने तय भइसकेको छैन । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंग्याउने बताए ।

लुम्बिनीमा एमालेबाट लीला गिरी मुख्यमन्त्रीका दाबेदार छन् । यद्यपि, लुम्बिनीमा दलको नेता चयन हुन बाँकी छ ।

माओवादीबाट जोखबहादुर महरा दाबेदार छन् । बागमती र लुम्बिनीमध्ये कुन प्रदेश कुन दलले लिने भन्ने टुंगो लागिसकेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित