तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

वृहत रक्तदान तथा निःशुल्क मुख स्वास्थ्य जांच सम्पन्न

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजानमा वृहत रक्तदान तथा निःशुल्क मुख स्वास्थ्य जांच परामर्स शिविर गरिएको छ ।
संघको १६ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनको अवसर पारेर रक्तदान तथा मुख स्वास्थ्य जांच शिविर गरिएको हो ।

संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रमा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकराज न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष न्यौपानले व्यवसायीक संस्था भईकन पनि विभिन्न समयमा गर्दै आएको रक्तदान, मानव सेवा आश्रममा सहयोग लगायतका कामले सामाजिक क्षेत्रमा संस्थाको गरिमा उच्च भएको बताए ।

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थाका अध्यक्ष घनश्याम भुषाल (गोपाल)ले रक्तदान जीवन दान भएको भन्दै संस्थाले गरेको कार्यको उच्चा सह्राना गरे ।
यहि पुस २५ गते संस्थाले साधारण सभा तथा अधिवेसन गर्दै छ, जसको अवसर पारेर नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संघका कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक मनिष कुमार बर्णवालले जानकारी दिए ।

उनका अनुसार रक्तदानमा ४५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक निरन्जन राज भण्डारी सहितको स्वाथ्य प्राविधिकहरुको समुहले सहयोग गरेको थियो भने आधुनिक समाज डेन्टल केयर प्रालिको सहयोगमा मुख को स्वास्थ्य जांच शिविर गरिएको हो । स्वास्थ्य मुख अभियान नेपाल, स्वास्थ्य मुख परिवार कार्यक्रमको संमन्वयमा आधुनिक समाज डेण्टलका माधव सापकोटा, अमृत भुषालको सहभागीतामा चिकित्सकहरुको टोलीले मुख स्वाथ्य जांच गरेर आवश्यक परामर्स समेत दिएको थियो । कार्यक्रममा संघका निर्वतनमा अध्यक्ष केशव कुवंरले समाजिक सेवा भावले संघले निरन्तर रुपमा सामाजिक उत्तरदायित्वको काम गर्दै आउनु आफैमा गौरवको विषय भएको बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष वजिर शाह, बरिष्ठ उपाध्यक्ष मो. याकुव, उपाध्यक्ष अमृत भट्राई, बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक राम बहादुर खत्री, सल्लाहकार कृष्ण पोखरेल, सुरेन्द्र कुमार कान्दु लगायतको सहभागीता रहेको थियो । संघका महासचिव मेघनाथ पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित