तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

बुटवल। शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
अक्सफोर्ड माविको सभाहलमा सम्पन्न ९ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा आवर पीसल्याण्ड एकेडेमीका सन्देश भण्डारी प्रथम, इडन बोर्डिङ स्कूलका रितीका खनाल द्वितीय, अक्सफोर्ड मावि का टेरिसा भण्डारी तृतीय र साइनिङ्ग स्टार बो. स्कूलका रुवी अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । बुटवल बहुमुखी क्याम्पसका नेपाली विभागका उप–प्राध्यापक प्रदिप प्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। हाल बिसामा १३ वटा विद्यालयहरु संलग्न छन् ।
एशोशियसनका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, प्याब्सन, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको संचालन सचिव मित्रहरि आचार्यले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित