तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही–२ : राजु गुरुङको रिट निवेदनमाथि आज सुनुवाई हुँदै

रुपन्देही–२ प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाई हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ५ गते शुक्रबारका लागि पेसी तोकिएको थियो ।

उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालिन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड ‘ज’ तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ ‘ज’ बमोजिम गुरुङको उम्मेदवारी मनोनयन खारेज गरेको थियो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ । सोही दफा १३ को खण्ड ‘ज’मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित