रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बुटवल ।
गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
एक समारोहका बिच जोन १७ का एजी प्रेम भुर्तेल, छत्रकोट गाउपालिकाका अध्यक्ष गुल्मी राम प्रसाद पाण्डे, क्लबका अध्यक्ष भरत राना, ईलेक्ट प्रेसिडेन्ट कमला हमाल, पुर्बअध्यक्ष रबि पोख्रेलले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाखर पन्त प्रधानाध्यापक जंग बहादुर अर्याललाई हस्तान्तरण गरेका छन ।
जोन १७ का एजी प्रेम भुर्तेलले रोटरी ईन्टरनेश्नल पोलियो शुन्यदेखि अन्य धेरै सामाजिक कार्यमा विश्वमा पहिचान बनाएको सामाजिक संस्था भएको बताए ।
क्लबका अध्यक्ष भरत रानाले सामाजिक उत्तरदायित्व अन्तरगत क्लबमार्फत वर्षभरि नै कार्यक्रम गरिदै आएको बताए ।
कार्यक्रमका संयोजक केशब टण्डनले २ सय ५० पिस स्वीटर तथा कापी पेन्सिल लगायत शैक्षिक सामग्रीहरु विद्यालयका अति बिपन्न दलित बस्तीका विद्यार्थीलाई बितरण गरिएको बताए । क्लबका पुर्बअध्यक्ष पिताम्बर ज्ञवाली, भिमराज श्रेष्ठ, उपाध्यक्ष धर्म ज्ञवाली, चुनिया गुरुङ, प्रेमा केसी, बिनिता थापा, सुबिता सैन्जु, मथुरा भण्डारीले सामाजिक रुपान्तरणमा आफुहरु निरन्तर संस्थागत रुपमा अघि बढने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित