लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता

लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् ।

सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित भएका हुन् ।

उनी यसअघि एमाले नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । दलको निर्णय विपरित सरकारमा गएको भन्दै उनलाई तत्कालीन जसपाले सांसदबाट हटाएको थियो ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य कन्हैया बनिया चयन भएका छन् भने प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी चयन चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित