रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता

लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् ।

सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित भएका हुन् ।

उनी यसअघि एमाले नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । दलको निर्णय विपरित सरकारमा गएको भन्दै उनलाई तत्कालीन जसपाले सांसदबाट हटाएको थियो ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य कन्हैया बनिया चयन भएका छन् भने प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी चयन चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित