लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

शुभागमन सहकारी द्वारा स्थापना दिवसको अवसरमा खाद्यान्य सहयोग

बुटवल । आफ्नो स्थापना दिवसको अवसरमा बुटवलको शुभागमन बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले बुटवल ७ मा रहेको निलकण्ठ बाबाधाममा खाद्यान्य सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा खाद्यान्य सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले प्रत्येक बर्ष स्थापना दिवस रचनात्मक कार्य गर्दै मनाउने गरिएकोमा यस पटक निलकण्ठ बाबा धामलाई खाद्यान्य सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।
सहकारीले बचत तथा क्रृणको कारोबार गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व अनुसार सरसफाई कार्यक्रम, बृक्षारोपण, खाद्यान्य सहयोग जस्ता कार्यक्रम गर्दै आएको उनले बताए । त्यस बाहेक सहकारीका सदस्यलाई स्वरोजगार, आत्मनिर्भर बनाउन पनि सहकारी लागेको उनले बताए ।
खाद्यान्य सामाग्री बुझ्दै निकलण्ठ बाबाधामकी अध्यक्ष बेदमाया भटट्राईले धाममा सन्तोषीमाता गुरुकुल विद्यालय सञ्चालनमा आएपनि सरकार बाट सधै उपेक्षामा परेको बताए ।
खाद्यान्य सहयोग कार्यक्रममा धामका उपाध्यक्ष चुरामणी पौडेल, सहकारकिा निवर्तमान अध्यक्ष शालिकराम पौडेल, उपाध्यक्ष कुलप्रसाद बस्याल, कोषाध्यक्ष सुवास ढकालं तथा सचिव विष्णु प्रसाद भण्डारी लगाएतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित